मधेस प्रदेशराजनीतिसमाचारसमाजस्थानीय
जगरनाथपुर गाँउपालिकामा वृक्षारोपण निरन्तर : पिडारीको ८ बिघा ऐलानी जग्गामा रोपियो विरुवा

वीरगन्ज,१ भदौं ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ टोल पिडारीमा रहेको करिब ८ बिघा खाली ऐलानी जग्गामा पनि आइतबार वृक्षारोपण गरिएको छ।
समृद्धिका लागि वन परियोजना अन्तर्गत गाँउपालिकाको आयोजनामा उक्त जग्गामा आँप,कटहर,जामुन,खयर लगायतका प्रजातिका विरुवाहरु रोपिएको हो । वृक्षारोपण कार्यक्रमको समुद्घाटन पूर्व उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री तथा पर्साको क्षेत्र नम्बर ४ का सांसद रमेश रिजाले गरेका थिए ।
गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा मधेधसका प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री,प्रदेश सभा सदस्य शंकर चौधरी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,नेपाली कांग्रेसका नेता रमेश पाण्डे लगायतकाको सहभागिता रहेको थियो।



