समाचारस्वास्थ्य

चीनको मंगोलियामा आकस्मिक बाढी, ८ जनाको मृत्यु, ४ बेपत्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

चीनको आन्तरिक मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार यो घटना शनिबार राति करिब १० बजे भएको हो। उराद रियर ब्यानर भन्ने स्थानमा १३ जनाको एक समूह खुला क्षेत्रमा डेरा जमाइरहेका बेला अचानक बाढी आएको जनाइएको छ।

घटनापछि १ जनालाई जीवितै उद्धार गरिएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी रहेको छ। सरकारले उद्धार कार्यलाई तीव्र पार्न आदेश दिएको छ र बेपत्ताहरूको अवस्थाबारे पुष्टि गर्न एक विशेष टोली घटनास्थलमा खटाइएको छ। चीनमा गर्मी महिनामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन्। कतै अत्यधिक वर्षा, त कतै अत्यधिक तापमानका कारण जनजीवन प्रभावित हुने गरेको छ।

यसअघि अगस्टको सुरुवातमा, उत्तरपश्चिम चीनमा आएको बाढी र पहिरोका कारण कम्तीमा १३ जनाको ज्यान गएको थियो। यस्तै, गत महिना राजधानी बेइजिङमा परेको भारी वर्षाले ४४ जनाको मृत्यु गराएको थियो भने छिमेकी हेबेइ प्रान्तमा पहिरोमा ८ जनाले ज्यान गुमाएका थिए।वैज्ञानिकहरूका अनुसार, वातावरणीय परिवर्तन र जलवायु असन्तुलनका कारण यस्ता विनाशकारी प्राकृतिक घटनाहरू भविष्यमा झनै बढ्ने चिन्ता व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button