मधेस प्रदेशसमाचार

जनकपुरधाममा पत्रकारमाथि आक्रमणबारे मानव अधिकार आयोगको चासो

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले लिजमा लिएको जग्गामा तारवार लगाउने क्रममा पत्रकारमाथि भएको आक्रमणप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो देखाएको छ ।

आयोगको प्रदेश कार्यालयको टोली बुधबार जनकपुरधामस्थित महासंघको कार्यालय पुगेर पीडित पत्रकारहरूसँग घटनाबारे विस्तृत जानकारी लिएको हाे ।

घटनामा ६ भन्दा बढी पत्रकार घाइते भएका छन्। महासंघका अनुसार कानूनका ‘कथित व्याख्याता’का रूपमा परिचित वार एशोसिएसन जनकपुरका केही पदाधिकारीसहितका वकिलहरूको एक समूहले कमलजिवी पत्रकारहरुमाथि आक्रमण गरेको हो।

आयोगको टोलीले घाइते पत्रकारको स्वास्थ्य अवस्था र घटनास्थलको अवस्थाबारे बुझेर छानबिनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएको छ। महासंघले पत्रकार सुरक्षासम्बन्धी कानुनी व्यवस्थाको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button