बहुदरमाईमा आगलागी हुदाँ घर र गाेठ जलेर नष्ट, घरधनी राम घाइते

वीरगन्ज,२८साउन । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान आगलागी हुदाँ स्थानीय राजु रामकाे फुसकाे घर र गाेठ जलेर नष्ट भएको छ। घरभित्रकाे चुल्हाेमा भैंसीका लागि खाेले पकाउन बालिएकाे आगाेबाट बिहान सवा ५ बजे आगलागी हुदाँ घर र घरसंगै रहेकाे गाेठ पूर्णरूपमा जलेर नष्ट भएको हाे।आगलागीबाट घरभित्र रहेका लत्ताकपडा,भाँडावर्तन,अन्नपात जल्नुका साथै गाेठभित्र रहेका पाडा र बाख्रापनि जलेर मरेको प्रहरीले जनाएको छ। आगाे निभाउने क्रममा जलेर घरधनी रामपनि घाइते भएको प्रहरीले जनाएको छ।घाइते रामकाे वीरगन्जस्थित भवानी अस्पतालमा उपचार भइरहेको छ। घर र गाेठमा लागेकाे आगाे प्रहरी र स्थानीयले मिलेर निभाएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।आगलागीबाट अन्दाजी ४ लाख ५० हजार रुपैयाँ बराबरकाे धनमालकाे क्षति भएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Popular Post

Trending Popular

Tags

No Taxonomy Found.