मधेस प्रदेशसमाचार

तस्करसँगको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि सर्लाही इप्रकामा कार्यरत प्रहरी सहायक निरीक्षक बैधनाथ दास निलम्बित

Ad 1
Ad 2
Ad 3
Ad 4

सर्लाही ।
तस्करसँगको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि सर्लाहीको इप्रका हिरापुरमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) बैधनाथ दास फेरि एक पटक विवादमा मुछिएका छन् । अडियो बाहिरिएसँगै उनलाई निलम्बनको सिफारिस गरिएको छ ।

सई दासले घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत राजिव यादव नाम गरेका तस्करसँग १८ हजार रुपैयाँ घुसको माग गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई तत्काल कारबाही प्रक्रिया अघि बढाएको हो। प्रहरी प्रवक्ता डिएसपी सरोज राईका अनुसार अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन दासलाई मधेस प्रदेश प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयमा निलम्बनको सिफारिस गरिएको छ। साथै, उनकाे स्थानमा नयाँ अधिकृत पठाउने तयारी पनि भइरहेको छ।

तर, यो दासको पहिलो विवाद होइन। उनी यसअघि पनि पर्सा जिल्लामा कार्यरत रहँदा तस्करसँगको लेनदेनमा मुछिएका थिए। २०७७ सालमा सार्वजनिक भएको एउटा भिडियो र अडियो आधारमा उनलाई मधेस प्रदेश कार्यालयले निलम्बन गर्दै पाँच वर्षसम्म बढुवा रोक्का गर्ने निर्णय गरेको थियो। करिब एक वर्षपछि २०७८ सालमा उनी पुनः सेवा फर्किएका थिए।

हिरापुरस्थित इप्रका, जसले नेपाल–भारत सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा र तस्करी नियन्त्रणको जिम्मेवारी लिएको छ, त्यहाँ सई दास करिब ८ महिनादेखि निरन्तर कार्यरत थिए। यस्तो संवेदनशील क्षेत्रमा कार्यरत प्रहरी इन्चार्जहरूलाई प्रायः ६ महिनामा सरुवा गरिँदै आएको भए पनि दास लामो समयसम्म त्यहीँ अडिएर बसेका थिए — जसले प्रहरी व्यवस्थापन र तस्करी नियन्त्रणमा गम्भीर प्रश्न उठाएको छ।

यस घटनाले फेरि एक पटक प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन, सरुवा प्रणाली र सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा गहिरो समीक्षा आवश्यक रहेको सन्देश दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button