मधेस प्रदेशसमाचारसमाज

अनेरास्ववियु पर्साद्वारा वीरगञ्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,३ श्रावण ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ठाकुरराम बहुमुखी क्याम्पस कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको । अनेरास्ववियु पर्साको सहयोगमा भएको उक्त कार्यक्रम अरमान आलमको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य आशिफ अहमदको उपस्थिति रहेको थियो । त्यस्तै, विशिष्ट अतिथिको रूपमा विद्यार्थी फाट प्रमुख रियाज अन्सारी, अतिथिहरूमा जिल्ला कमिटी अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी, विवेक लगायत प्रगतिशील जनवादी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा जोड दिँदै सामाजिक जागरूकता फैलाउने उद्देश्य राखेको आयोजकले बताए । सहभागीहरूले वातावरण जोगाउन र दिगो विकासका लागि यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए । सहभागीहरूले वातावरण जोगाउन र दिगो विकासका लागि यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button