मधेस प्रदेशसमाचारस्वास्थ्य

सरकारको अलोकप्रिय निर्णय :प्रथम सेवा बिन्दुबाट नारायणीलाई हटाइयो, बिरामीलाई अब सास्ती हुने

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,३२असार ।
नेपाल सरकारकोस्वास्थ्य बीमा बोर्डले साउन १ गते बिहीबारदेखि वीरगन्जको नारायणी अस्पताललाई नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको छ । यसको मतलब अब साउन १ गतेदेखि स्वास्थ्य बीमा गराएकाहरुले उपचारका लागि नारायणी अस्पतालमा जाँदा बीमा बाोर्डमा प्रथम सेवा बिन्दुका रुपमा तोकिएका पर्साको ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाबाट रेफर (सिफारिस) अनिवार्य रूपमा लिएर जानुपर्नेछ । अन्यथा नारायणी अस्पतालमा स्वास्थ्य बीमाको सेवा पाउने छैनन् ।

स्वास्थ्य बीमा बोर्डले पर्सा जिल्लामा प्रथम सेवा बिन्दुका रुपमा नारायणी अस्पताललाई हटाएर वीगन्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको बगही प्राथमिकता स्वास्थ्य केन्द्र, पोखरिया अस्पताल, पर्सागढी नगरपालिका–६ मा रहेको बागेश्वरी त्रितौना प्राथमिक स्वास्थ्य केन्द्र र धोबिनी गाँउपालिका–२ मा रहेको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र गरी ४ वटामात्रै सरकारी स्वास्थ्यलाई तोकेको छ । स्वास्थ्य बीमा बोर्डले नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुको सूचीबाट हटाएपछि नारायणी अस्पताल प्रशासनले बुधबार एक सूचचना जारी गर्दै स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार २०८२ साउन १ गतेदेखि नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएकााले अब साउन १ गते बिहीबारदेखि बिमित सेवाग्राहीहरूले नारायणी अस्पतालबाट सेवा लिनु अघि स्वास्थ्य बीमा बोर्डद्वारा तोकिएको प्रथम सेवा बिन्दु संस्थाबाट रेफर (सिफारिस) अनिवार्य रूपमा ल्याउनुपर्ने जनाएको छ। रेफर बिना आउने बिमितले अस्पतालमा बीमाको सुविधा नपाउने उक्त ससूचनामा उल्लेख छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले बीमा बोर्डको निर्णयले विशेष गरी वीरगन्ज महानगरका बिरामीहरु बढी मर्कामा पर्ने बताए । वीरगन्जका बिमितले उपचार गर्नु परे पहिले ग्रामीण भेगको बगहीमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रमा गएर त्यहाँबाट रिफर लिएर आएप्छि मात्रै नारायणी अस्पतालबाट सेवा पाउनने हुदाँ यसले सास्ती हुने बताए । त्यहि कारण अस्पताल प्रशासनले स्वास्थ्इ बीमा बोर्डलाई पत्र नै लेखेर पहिलेको जस्तै नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुका रुपमा कायम राख्न आग्रह गरिसकेको जानकारी उनले दिए । बुधबार नै अस्पतालका प्रमु्ख मेसु डा. चुमनलाल दासले बीमा बोर्डलाई पत्र लेखेर नारायणी अस्पताललाई प्रथम सेवा बिन्दुका रुपमा कायम राख्न आग्रह गरेको सिंहले बतााए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button