मधेस प्रदेशसमाचारसमाजस्थानीयस्वास्थ्य

वीरगञ्ज न्युरो एण्ड जेनेरल हस्पिटलले सञ्चालन गर्यो आधुनिक सीटी स्क्यान मेसिन , बिधिवत पूजा गरी शुभारम्भ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज।
बीरगंजस्थित बीरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त CT Scan मेसिन आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। आधुनिक चिकित्सकीय उपकरणको शुभारम्भको अवसरमा धार्मिक विधिअनुसार पूजापाठ गरी मेसिनको बिधिवत स्थापना गरिएको हो।

उक्त सीटी स्क्यान मेसिनको शुभारम्भका लागि हस्पिटलका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पूजारीको सहभागितामा विशेष पूजाआजा कार्यक्रम सम्पन्न भयो।

हस्पिटलका अनुसार, नयाँ मेसिनको स्थापनासँगै बिरामीलाई छिटो, सहज र विश्वसनीय रिपोर्ट उपलब्ध गराउने लक्ष्य लिइएको छ। साथै, यसले मस्तिष्क, पेट, फोक्सो लगायत शरीरका विविध अंगहरुको परीक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हस्पिटल व्यवस्थापनले यस कदमलाई स्वास्थ्य सेवाको स्तरीयताको दिशामा महत्वपूर्ण माइलस्टोनका रुपमा लिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button