मधेस प्रदेशसमाचार

पत्रकारहरु एक ढिक्का भए देशलाई चलाउने सक्ने क्षमता रहेको: मेयर साह

Ad 1
Ad 2
Ad 3
Ad 4

पत्रकारहरु एक ढिक्का भए देशलाफ चलाउने सक्ने क्षमता रहेको कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साहले बताएका छन्। शुक्रबार कलैया स्थित दास गेष्टहाउसमा सँचालन भएको स्थानीय तह रिपोटिंङ सम्बन्धी स्थानीय पत्रकारलाई तालिम कार्यक्रममा नगरप्रमुख साहले यस्तो बताएका छन्।

पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रमेश बहादुर क्षेत्री सुवेदी( रमेश सुवेदी ) को अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख साहले पत्रकारहरु देशको चौथौ अंग भएकोले पत्रकारहरु तिन गुट र चार गुटमा बिभाजन भएकोले कमजोर भएको बताएका छन्। यदि पत्रकारहरु एक ढिक्का भए देश नै सँचालन गर्ने क्षमता बोकेको पेशा रहेको बताएका छन्। साथै बिगतमा पत्रकारहरु प्रकाशन गरेको समाचारको प्रभाव हुने गरेकोमा हालको पत्रकारीता पेशा माथि जनताहरु सहित जनप्रतिनिधिको बिस्वास खटेको बताएका छन्।

पत्रकार भनेको सत्य तथ्यमा आधारित समाचार प्रकाशन गर्ने हो तर यहाँ अचेल पुर्वाग्राह राखि समाचार प्रकाशन हुने गरेको बताएका छन्। आफु जनप्रतिनिधि भएकोले आफ्नो बारेमा पनि समाचार प्रकाशन गर्ने पत्रकारहरु आग्रह गरेका छन्। तर सत्य तथ्यमा आधारित समाचार प्रकाशन गरी जनताको अवाज बुलन्द गर्नको जोड दिएका छन्।

उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य सान्ताराम बिडारीले पत्रकार अचार सहिता बारे जानकारी गराउदै पत्रकारहरुले आचार संहिता अनुरुप नै पत्रकारिता गर्न आग्रह गरेका छन्। साथै प्रेस काउन्सिल नेपाल पत्रकारको पक्षमा नै रहेकोले पत्रकारिता पेशामा भएकोले बिकृतिलाई हटाउन प्रेस काउन्सिल तत्पर रहेको बताएका छन्।

कलैया उपमहानगरपालिका प्रेस सँयोजक सँजय तिवारीले सँचालन गरेको कार्यक्रममा जिल्लामा रहेको ४० जना बिभिन्न मेडियामा काम गर्ने सँचारकर्मिहरुलाई एउटा एउटा ब्याग र टिसर्ट बितरण समेत गरीएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button