
काठमाडौँ,१३ असार ।
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शुक्रबार एसईईको नतिजा सार्वजनिक गर्दै उक्त जानकारी दिए।
उनका अनुसार ३.२ देखि ३।६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी रहेका छन्।
१२६ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको अध्यक्ष शर्माले जानकारी दिए। यस्तै १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गिकृत अर्थात नन् ग्रेडेड भएको छ। उनीहरुले मौका परीक्षा दिन पाउनेछन्।



