प्रदेशमधेस प्रदेशविचारसमाचारसमाजस्थानीय

गहवामाईको रथयात्रामा सहभागी महिलाहरूको गरगहना चोरी

वीरगञ्ज १३, आषाढ ।
गहवामाईकोे रथयात्रामा सहभागी महिलाहरूको गरगहना चोरी भएको छ। नगर परिक्रमा गर्न शुक्रबार बिहान निस्केको रथयात्रामा सहभागी दुई दर्जनभन्दा बढी महिलाको गरगहना चोरी भएको हो।

गरगहना चोरी भएकाहरूले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका पर्सा प्रहरीले जनाएको छ। पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार अहिलेसम्म ६ जनाले गहना चोरी भएको निवेदन दिएका छन्।

चोरी गर्ने क्रममै भारत बिहारकी ४० वर्षीया जयमती हरिजन पक्राउ परेकी उनले बताए। पक्राउ परेकी हरिजनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button