स्थानीय

वीरगञ्जका दुई होटलमा प्रहरीको छापा, सञ्चालकसहित १२ जना पक्राउ

वीरगन्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका दुई होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित १२ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सात महिला र पाँच पुरुष छन्। उनीहरूमध्ये नौ जना भारतीय र तीन जना नेपाली महिला रहेको प्रहरीले जनाएको छ।

अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा निगरानीपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा उक्त होटलमा छापा मारिएको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ भने एक होटल सञ्चालक फरार रहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button