समाचार
रुकुम पूर्वका डीएसपी यादवलाई जिम्मेवारीबाट हटाएर छानबिन थालियो

काठमाडौं । रुकुम पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवमाथि निर्वाचन प्रहरी भर्नासम्बन्धी विवादपछि छानबिन प्रक्रिया सुरु गरिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनलाई हालका लागि जिल्लाको जिम्मेवारीबाट हटाएर प्रदेश कार्यालयमा तानेको हो। घटनाको छानबिन गर्न एसपी पुष्प मल्लको नेतृत्वमा समिति समेत गठन गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका क्रममा केही व्यक्तिलाई निर्वाचन प्रहरीका रूपमा भर्ना गर्दा प्रक्रिया नमिलेको र उनीहरूलाई तालिम तथा ड्युटीमा नखटाइएको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो।
डीएसपी यादवलाई हटाएपछि रुकुम पूर्वमा हाल डीएसपी केशव ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।



