राजनीतिसमाचार

पर्सा निर्वाचन क्षेत्र न १ का उम्मेद्वार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ मा घरदैलो कार्यक्रम सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,६ फाल्गुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ को रानीघाट, श्रीपुर, बहुवरीलगायतका क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
अभियानमार्फत उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदानलाई जोड दिएका छन् ।

घरदैलोका क्रममा यादवले आफूलाई क्षेत्रको विकासका लागि समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरे । उनले आफ्नो सांसद तथा मन्त्री पदमा रहँदा गरेका कार्यहरूको स्मरण गराउँदै भने, “१० वर्षअघि पर्सा–१ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाट, मन्दिर, मस्जिदहरूको हालत के थियो ? म निर्वाचित भएपछि भएका विकासहरू तपाईँहरूले आफैँ देख्न सक्नुहुन्छ ।”

यादवले आफूलाई क्षेत्रको हरेक कुनामा जानकार उम्मेदवारका रूपमा चित्रण गर्दै थपे, “मलाई यस क्षेत्रको प्रत्येक टोल, समस्या र समाधानबारे पूर्ण जानकारी छ । तर अन्य उम्मेदवारहरूलाई यहाँका टोलहरूको नामसमेत थाह नहुन सक्छ ।”

उनले नेकपा (एमाले) को राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने तथा समाजवाद उन्मुख विकासको एजेन्डालाई आफ्नो व्यक्तिगत प्रतिबद्धताका रूपमा ग्रहण गरेको बताए ।

पूर्व मन्त्रीसमेत रहेका यादवले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई चिन्न आग्रह गर्दै भने, “पाँच वर्षमा एक पटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई पहिचान गर्नुहोस् । म सधैँ जनताको सुख–दुखमा साथी बनेर बस्छु ।”

यादवले एमालेको गरिबी निवारण, रोजगारी सृजना र सांस्कृतिक संरक्षणको एजेन्डालाई आफूले मेरो जीवनको हिस्सा बनाएको दाबी गरे ।

कार्यक्रममा नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button