समाचार

जेनजी आन्दोलनमा भागेका सातजना कैदी पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न कारागारबाट भागको सात जना कैदीबन्दी पक्राउ परेका छन्।

प्रहरीले रसुवाको उत्तरगया गाउँपालिका-१ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ मा बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ र कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई हाल काठमाडौँको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङलाई पक्राउ गरेको हो ।

त्यस्तै, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका-२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका-३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह पक्राउ परेका हुन्। उनीहरू डाँका चोरी, मानव बेचविखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button