राजनीतिसमाचार

घर पाएका सुकुमबासीले अध्यक्ष ओलीलाई भने- ‘तपाईले ओत दिनुभयो, हामी न्यानो साथ दिन्छौं’

Ad 1
Ad 2
Ad 3
Ad 4

दमक । ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सरे हिसाब छैन । आफ्‌नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविको पार्जन गर्दै आई रहेका छन् । तर वृद्धावस्थामा प्रवेश गरे पछि भने चुनौती थियो, दिगो र न्यानो ओतको । ६ वर्ष अघि उनले दमक १ मा सरकारले बनाई दिएको पक्की घर पाए । त्यहि घरमा सोमबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुग्दा उनी भाव विभोर भए ।

ओलीलाई भेट्नसाथ उनले भने, ‘हामीलाई यस्तो राम्रो ओत दिनु भयो, हामी तपाईलाई सधैं भरि साथ दिनेछौं।’ उनी जस्तै यस बस्तिका बासिन्दाहरुले ओलीकै कारण जीवनमा कल्पना पनि नगरेको सुविधायुक्त घर पाएको बताएका थिए ।

नमुना बस्तिमा पुगेका अध्यक्ष ओलीले खुट्टो भाँचिएर ओछ्यान परेकी विष्णुकुमारी विकसँग समेत भलाकुसारी गरे । त्यस क्रममा उनले विकको स्वास्थ्यलाभको कामना गरे । अध्यक्ष ओलीकै परिकल्पनामा दमकका सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि यहाँ एकिकृत नमुना बस्ति बनाईएको हो । यहाँ थापा जस्तै जीवनमा कहिल्यै घर र घडेरी बनाउन नसकेका भुमिहिनहरुको बसोबासको व्यवस्था मिलाईएको छ ।

यहाँ २३ परिवार भुमिहिनले आधारभूत सुविधायुक्त घर पाएका छन् । यो बस्ति निर्माणका लागि अध्यक्ष ओलीकै पहलमा १ करोड ४० लाख रुपैयाँ बजेट पनि प्राप्त भएको थियो । यो बस्ति तत्कालिन प्रधानमन्त्री ओलीलेनै विपन्न वस्तिमा बसोबास गर्नेलाई चावि हस्तान्तरण गरि उद्घाटन गरेका हुन् । यस बस्तिमा घरमात्र छैनन् । शौचालय, विद्युत, खानेपानी र पक्कि सडकको सुविधा पनि छ । बस्ति भित्र ब्लक विछ्याईएको पक्की बाटो छ ।

अहिले त आफ्‌नै घर पाएका भूमिहिनहरुको मेहनतले बस्तिभित्रको हरियालीले पनि यसलाई मनमोहक बनाएको छ । सुकुमबासीहरुलाई डोजर चलाएर, लखेटेर र अमानवीय व्यभार गरेर बजारबाट धमाउने विकल्प मात्रै छैनन् । सहरबाट गरिव होईन, गरिवी हटाउनु पर्छ भन्ने बुझेकाहरुले यसरी पनि व्यवस्थापन गर्न सक्दा रहेछन् भन्ने उदाहरण दिएको छ, यो बस्तिले ।

अध्यक्ष ओलीको परिकल्पनामा विकास भएको यो बस्ति पछि वडा नं। ७ मा समेत यहि प्रकारको एकिकृत बस्ति बसालिएको छ । अव्यवस्थित र भुमिहिनहरुको दिगो व्यवस्थापनको यो प्रयास नाम मात्रको नमूना होईन, एउटा साच्चिकै अनुकरणीय नमूनानै बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button