राजनीतिसमाचार

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु : पृथ्वीसुब्बा गुरुङ

Ad 1
Ad 2
Ad 3
Ad 4

लमजुङ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएका छन् । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताएका हुन् ।

उनले सूचना प्रविधिको विकास गरेर पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारीको ब्यवस्था गर्ने बताए । यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको ब्यवस्था गर्ने उनको भनाइ छ । यसैगरी सबै सरकारी कार्यालय र वडाहरुमा सूचना प्रविधिको विकास गरी सेवा दिने ब्यवस्था मिलाउने योजना आफूसँग रहेको उनले बताए। कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उनले स्पष्ट पारे ।

जिल्लामा रहेका होमस्टे गाउँहरुलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफू लागिपर्ने उनले बताए । उनले भने, “तेह्र महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दैछु । जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ ।”

यसपटक सबै राजनीतिक दलहरु एकल प्रतिस्पर्धामा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरे । उनले भने, “२०७९ को निर्वाचनमा पनि एमालेमाथि घेराबन्दी थियो । पाँच दलीय गठबन्धन थियो, मेरो जीत भयो । मैले कुनै भ्रष्टाचार, अनियमता गरेको छैन, यस पटक मैले हार्नुपर्ने कुनै कारण छैन ।”

नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरु पूरा गर्न आफुँ र आफ्नो पार्टीको जीत अनिवार्य भएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button