समाचार

कपिलवस्तु क्षेत्र नं. ३ मा एमालेको अभियान तीव्र, युवा संघद्वारा इलेक्सन युथ फोर्स गठन

Ad 1
Ad 2
Ad 3
Ad 4

कपिलवस्तु । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले ‘इलेक्सन युथ फोर्स’ गठन गरेको छ ।

शिवराज नगरपालिकामा आयोजित विशेष कार्यक्रममार्फत नारायण सापकोटाको संयोजकत्वमा २५ सदस्यीय इलेक्सन युथ फोर्स गठन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने, युवाशक्तिलाई स्वयंसेवी रूपमा परिचालन गर्ने तथा संगठनलाई जरा तहसम्म मजबुत बनाउने उद्देश्यले फोर्स गठन गरिएको आयोजकले जनाएको छ । नगरका ११ वटै वडा समेटिने गरी इलेक्सन युथ फोर्सको संरचना बनाइएको जानकारी संयोजक नारायण सापकोटाले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक सापकोटाले एमालेका उम्मेदवारलाई विजयी गराउने स्पष्ट लक्ष्यसहित युवाहरू एकजुट भएर मैदानमा उत्रिने बताएका छन् ।

उनका अनुसार घरदैलो कार्यक्रम, मतदाता भेटघाट, टोल–टोलमा छलफल तथा विभिन्न रचनात्मक अभियानमार्फत एमालेको पक्षमा जनमत सिर्जना गरिनेछ । साथै निर्वाचन प्रक्रियालाई भयरहित, शान्तिपूर्ण र मर्यादित बनाउन युथ फोर्सले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा उपस्थित वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखेका थिए ।

युवाशक्तिको संगठित परिचालनले निर्वाचन अभियानलाई थप प्रभावकारी बनाउने, पार्टी संगठनलाई सुदृढ गर्ने र मतदातासँग प्रत्यक्ष संवाद बढाउने विश्वास व्यक्त गरिएको थियो ।

इलेक्सन युथ फोर्स गठनसँगै कपिलवस्तु क्षेत्र नं. ३मा एमालेको चुनावी अभियान थप सशक्त र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार आगामी दिनमा घरदैलो अभियान, मतदाता सचेतना कार्यक्रम, युवा लक्षित संवाद तथा चुनावी प्रचारप्रसारलाई तीव्र बनाइनेछ ।

युवाहरूको ऊर्जाशील सहभागिताले निर्वाचन अभियानमा नयाँ गति आउने विश्वास स्थानीय नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button