अर्थ वाणिज्य

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा कर्जा सूचना केन्द्रमा भयाे आवद्ध

वीरगंज, २५ माघ । वीरगंजको चिरपरिचित कोहिनुर बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गर्नुका साथै कर्जा सूचना केन्द्रमा समेत आवद्धता प्राप्त गरेको छ।

सहकारी ऐन, २०७४ को दफा ८१ तथा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम संस्थाले प्राधिकरणमा दर्ता भई विधिवत सञ्चालन अनुमति प्राप्त गरेको हो। यससँगै संस्थाले प्रचलित कानुन बमोजिम स्थापना भएको कर्जा सूचना केन्द्र (CIC) को सदस्यता समेत प्राप्त गरेको छ।

संस्थाका व्यवस्थापक प्रदीप कुमार लोहारले प्राधिकरणबाट इजाजतपत्र र कर्जा सूचना केन्द्रको आवद्धता प्राप्त भएसँगै संस्थाको बचत तथा ऋणको कारोबारलाई थप पारदर्शी र व्यवस्थित बनाउन बलियो कानुनी आधार तयार भएको बताउनुभयो। “अब ऋण लगानी गर्दा सदस्यहरू अन्य कुनै बैंक वा वित्तीय संस्थामा कालो सूचीमा परे/नपरेको र उनीहरूको कर्जाको वर्तमान अवस्थाबारे यकिन गर्न सहज हुनेछ,” लोहारले भन्नुभयो।

सहकारी नियमावली, २०७५ को प्रावधान अनुरूप कर्जा सूचना केन्द्रमा आवद्ध हुनुले संस्थाको लगानीलाई थप सुरक्षित बनाउने र खराब कर्जाको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास संस्थाले लिएको छ। यस प्रक्रियाले संस्थाका सदस्यहरूलाई अझ भरपर्दो र सशक्त रूपमा वित्तीय सेवा प्रदान गर्न मार्गप्रशस्त गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button