राजनीति

पर्सा क्षेत्र नम्बर–२ का स्वतन्त्र उम्मेदवार साहले फिर्ता लिए उम्मेदवारी

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज  । पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

 

उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए ।

 

अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।

 

सबै उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र उम्मेदवार साहले आफू कांग्रेस समर्थक रहेको र समन्वय नहुँदा उम्मेदवारी दिएको बताउँदै अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button