राजनीति

पर्सामा नेपाल-भारत सम्बन्धमा मिडियाको भूमिका विषयक विचार गोष्ठी सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । पर्सामा ‎नेपाल–भारत सम्बन्धमा मिडियाको भूमिका विषयक विचार गोष्ठी सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगञ्जस्थित टाउनहल पार्टी प्यालेसमा अंकुश मिडिया प्रा.लि.को आयोजनामा आज एक कार्यक्रम बीच उक्त विचार गोष्ठी सम्पन्न सम्पन्न भएको हो ।

‎अंकुश दैनिकका अध्यक्ष दिपेन्द्र चौहान अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एवम् मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल रहनुभएको थियो।
‎‎
‎विचार गोष्ठीमा नेपाल–भारत पत्रकारिताबीचको सम्बन्ध, सीमावर्ती क्षेत्रमा समाचार संकलन गर्दा देखिने चुनौती, पत्रकारहरूको सुरक्षाका सवाल तथा जिम्मेवार पत्रकारिताको भूमिकाबारे गहन छलफल गरिएको थियो। वक्ताहरूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मिडियाले सकारात्मक, तथ्यपरक र उत्तरदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

सो गोष्ठीमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल तथा भारतीय पत्रकार मण्डलका नेता एवं आईएफजे उत्तराखण्डका अध्यक्ष बाला भाष्कर,आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्का, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बंजारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतकाे सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button