समाचारसमाज

पर्सा प्रहरीले चोरीका मोटरसाइकल र स्कुटरसहित तीन जनालाई पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज । पर्सा प्रहरीले चोरीका दुर्ईवटा मोटरसाइकल र एउटा स्कुटरसहित तीन जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका १३ श्रीपुरका १९ वर्षीय साहिल कुमार रौनियार, सोही स्थानका १९ वर्षीय श्यामबाबु ठाकुर तथा भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल श्रीपुर बस्दै आएका १९ वर्षीय रोश्न कुमार गुप्ता रहेका छन।

 

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका १३ राधेमाईस्थित सडकखण्डमा बीआर–०५ एक्यु–६९२४ नम्बरको मोटरसाइकल शंकास्पद रूपमा डोर्याएर लैजाँदै गरेका रौनियारलाई रोकेर जाँच गरेको थियो।

 

जाँचका क्रममा उक्त मोटरसाइकलको पछाडिको नम्बर प्लेट नभएको, साँचो नरहेको तथा तारहरू काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

रौनियारसँग सोधपुछ गर्दा उक्त टिभिएस कम्पनीको मोटरसाइकल पाँच दिनअघि तथा अर्काे नम्बर प्लेट नभएको होण्डा साइन कम्पनीको मोटरसाइकल तीनै जनाले वीरगंज महानगरपालिका १३ स्थित दृष्टि आँखा अस्पताल क्षेत्रबाट रातिको समयमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

 

चोरीका मोटरसाइकलहरू ठाकुरको घरमा लुकाइछिपाई राखिएको अवस्थामा बरामद गरिएको पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

 

बरामद गरिएका चोरीका मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई उनीहरूविरूद्ध चोरी तथा डाँकासम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button