राजनीति

पर्साका चारै क्षेत्रमा एमाले उम्मेदवारको सूचीमा फेरबदल

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज । नेकपा एमाले पर्साका बिभिन्न क्षेत्रीय कमिटी र जिल्ला कमिटीले मधेश प्रदेशमा पठाएको उम्मेदवारको सूचीमा निकै फेर बदल भएको छ ।

स्रोतका अनुसार बडो तामझामका साथ उम्मेदवार सिफारिशमा परेकाहरुको नाम मधेश प्रदेश कमिटीमा पुगे पछि रोकिएको छ । मधेश प्रदेश कमिटीले प्रथामिकता निर्धारण गरेर उम्मेदवारहरुको नाम पार्टी केन्द्रीय कमिटीमा गरेको स्रोतको दावी छ ।

पर्साको क्षेत्र नं ४ मा पहिलो प्रथामिकतामा जालीम मियाको नाम छ दोश्रोमा बिरेन्द्र यादव र तेश्रोमा गोकुली रेग्मीको नाम प्रस्तावित उम्मेदवारको रुपमा सिफारिशमा परेको छ ।

त्यसैगरि क्षेत्र नं ३ मा राजकुमार गुप्ता र अर्को प्रथामिकतामा अहिले प्रदेश सभाका सदस्य समेत रहेका प्रमोद जयसवालको नाम रहेको छ ।

त्यस्तै पर्साको क्षेत्र नं २ बाट नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य युवा नेता अरविन्द कुमार सिंह पहिलो प्रथामिकतामा रहेका छन । दोश्रोमा राजकुमार गुप्ताको नाम छ भने तेश्रो केन्द्रीय सदस्य निर्मला देवकोटाको नाम रहेको स्रोतको दावी छ ।

त्यस्तै पर्साको क्षेत्र नं १ मा पहलिो प्रथामिकता क्रममा नवराज शर्माको नाम रहेको छ भने दोश्रो केन्द्रीय सदस्य प्रभू हजराको नाम रहेको छ ।अव केन्द्रीय कमिटीको तर्फबाट वा उसले अधिकार दिएको निकायले उम्मेदवारको अन्तिम निर्णय लिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button