राजनीति

पर्साका प्रदेश सांसद रहबर अन्सारीले त्यागे माओवादी, अवसरवादको हिस्सा नबन्ने उद्धघोष

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा मधेस प्रदेश सभा सदस्य रहवर अन्सारीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका अन्सारीले पेरिसडाँडामा पुगेर राजीनामा बुझाउँदै माओवादीसँगको लामो सम्बन्ध टुंग्याएका हुन्।

राजीनामा पत्रमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चर्चित सायरी ‘सागर के तुफान‘’ लाई व्यङ्ग्य गर्दै माओवादीले आफ्नो साहस, इमान र राजनीतिक धार गुमाइसकेको आरोप लगाएका छन्।

सिद्धान्तहीनता र आन्तरिक विरोधाभास र अवसरवादको हिस्सा बन्न नसक्ने भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।

‘समाजवादी क्रान्ति जिन्दावाद’ भन्दै विदामागेका अन्सारीले अबको राजनीतिक बाटो खुलाएका छैनन्। तर मधेसमा बलियो पकड भएका युवा नेताको बहिर्गमनले माओवादी केन्द्रलाई ठुलो झट्का दिने निश्चित छ।

पेरिसडाँडामा पुगेर राजीनामा पत्र बुझाउँदै माओवादीसँगको लामो राजनीतिक यात्रामा पूर्णविराम लगाएका अन्सारीले अबको आफ्नो राजनीतिक यात्राबारे भने स्पष्ट संकेत दिएका छैनन्।

बदलिँदो राजनीतिक परिवेशमा पार्टीको सान्दर्भिकता हराउँदै गएको बोध भएपछि आफूले सदस्यता त्याग्ने कठोर निर्णय लिनुपरेको अन्सारीको निष्कर्ष छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button