समाजस्थानीय

असारको अन्तिम सम्म बि.पी.उद्यानको आमुल परिर्वतन हुने छः महानगरप्रमुख सिंह

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगंजको मुटु घण्टाघरको उत्तरमा रहेको बि.पी.उद्यानमा निर्माण कार्य शुरु गरेको छ । उद्यानमा तरकारी बजार हटाए पछि निर्माण कार्यलाई तिब्रता दिइएको महानगरले जनाएको छ ।

हाल उद्यान क्षेत्रमा व्यापक सफाइ अभियान सञ्चालन भइरहेको छ भने माटो पुर्ने कार्य पनि तीव्र रूपमा अगाडि बढिरहेको छ।

महानगर प्रमुख सिंहलेले चालु आर्थिक वर्षभित्र बीपी उद्यानलाई हरियालीयुक्त, व्यवस्थित र आकर्षक पार्कको रूपमा विकास गरिसक्ने लक्ष्य रहेको जानकारी गराए।

साथै, उद्यान नजिकै वीरगञ्जको ऐतिहासिक पहिचान झल्काउने रेल्वे संग्रहालय निर्माण गर्ने तयारीसमेत महानगरपालिकाले अघि बढाएको जनाइएको छ। आउने असार मसान्त भित्रमा उद्यानको स्वरुपमा आमुल परिर्वतन ल्याइने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार चालु आर्थिक वर्षमा उद्यान क्षेत्रको माटो पुर्ने तथा वृक्षारोपण कार्यका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उद्यान निर्माण सम्पन्न भएपछि उक्त क्षेत्र नगरवासीहरूका लागि स्वच्छ वातावरणमा मनोरञ्जन र विश्राम गर्न सकिने प्रमुख सार्वजनिक स्थलका रूपमा विकसित हुने अपेक्षा गरिएको छ। कर्णले बि.पी.उद्यानलाई अन्तराष्ट्रिय स्तरको पार्ककको रुपमा बिकास गरिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button