राजनीति

तेस्रो पटक मन्त्रिपरिषद् विस्तारपछि मधेस सरकारले पायो पूर्णता,मन्त्रीले लिए शपथ

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर। मधेस प्रदेशमा करिब एक महिनादेखि अधुरो रहेको प्रदेश सरकार अन्ततः पूर्ण बनेको छ। मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गरेपछि प्रदेश सरकार पूर्ण भएको हो।

तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्रीसहित मधेस प्रदेश सरकार १२ सदस्यीय बनेको छ। यसअघि चरणबद्ध रूपमा मन्त्रिपरिषद् विस्तार हुँदै आएको थियो। आज थपिएका ६ जना मन्त्रीसँगै सरकार पूर्ण बनेको प्रदेश सरकारले जनाएको छ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।

मन्त्रिपरिषद् विस्तारसँगै मनिष सुमनले श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद् पूर्ण भएसँगै प्रशासनिक तथा नीतिगत कामलाई तीव्रता दिने तयारी गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button