समाचारसमाज

बारा प्रहरीद्धारा ६४ किलोभन्दा बढी गाँजासहित गंगानगरबाट दुई जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा ।  बारा प्रहरीले ६४ किलो भन्दा बढी लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ३ नयाका टोल बस्ने अन्दाजी ४० वर्षीय राजकिशोर हजरा र देश भारत बिहार राज्य मोतिहारीको बनकटवा थाना अगरवागाँउ बस्ने अन्दाजी ५० वर्षीय सुरेश रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको कमाण्डमा र प्रहरी चौकी अमृतगंजखजानीबाट प्रहरी सहायक निरीक्षक विश्वराज प्रसाद कुशवाहाको संयूक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार राति ऊनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.३ बडपुरवा स्थित गगांनगरबाट नयकाटोल तर्फ ऊनीहरूले जुटको बोरामा राखी पिठ्युमा बोकी लुकिछुपि ओसार पसार गर्दै गरेको अवस्थामा लागूऔषध गाँजा ६४ किलो ४५० ग्राम (४ वटा जुटको बोरा ) बरामद गरिएको बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

निमित्त प्रवक्ता भट्टका अनुसार लागूऔषध गाजासहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button