समाचारसमाज

लागुऔषध ओसारपसारमा संलग्न तीन जना सर्लाहीमा पक्राउ, मोटरसाइकल र नगद समेत बरामद

Ad 1
Ad 2
Ad 3
Ad 4

लालबन्दी । सर्लाही जिल्लामा लागुऔषधविरुद्ध प्रहरीले प्रभावकारी कारबाही जारी राखेको छ। छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीमा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जना तथा ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ परेका छन्।

लालबन्दी नगरपालिका–५ बाट प्रहरीले २ सय १२ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मा बसोबास गर्दै आएका, ईश्वरपुर नगरपालिका–३ घर भएका ३४ वर्षीय सुवास लामिछाने रहेका छन्।

 

शनिबार साँझ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले उनको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–१२ बाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

 

आइतबार बिहान करिब पौने ६ बजे इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले हरिवनबाट बेल्हीतर्फ आउँदै गरेको प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको २२० सीसी क्षमताको रातो–कालो रंगको पल्सर मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गरेको थियो।

 

चेकजाँचका क्रममा मोटरसाइकलको बिच भागमा प्लास्टिकको बोरामा लुकाएर ल्याइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

 

रातो प्लास्टिकले बेरिएका ६ पोकामा रहेको कुल ३१ केजी ५९० ग्राम गाँजासहित एक थान मोटरसाइकल, तीन थान मोबाइल, नगद ७१ हजार ५७५ रुपैयाँ, ९ हजार ७ सय भारतीय रुपैयाँ बराबरको एटीएम कार्ड तथा खैरो रंगको छालाको खाली ब्याग एक थान समेत प्रहरीले बरामद गरेको छ।

 

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ ठुलो घुम्ने टोल बस्ने २९ वर्षीय कान्छा राम स्याङतान र सोही वडाको सानो घुम्ने टोल बस्ने २५ वर्षीय मानबहादुर ठोकर रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बरहथवामा राखी थप अनुसन्धान भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button