समाचार

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम, खरेल भइन द्वितीय

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागीमध्ये तीन जना उत्कृष्ट विजेता घोषित गरिएको छ।

प्रतियोगितामा माधव तिमिल्सिना प्रथम, लक्ष्मी खरेल द्वितीय र सुर्यनारायण विक तृतीय भएका छन्।

No photo description available.
माधव तिमिल्सीना प्रथम भएका तिमिल्सिनाले नगद २० हजार रुपैयाँ, द्वितीय  खरेलले १५ हजार रुपैयाँ र तृतीय विकले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, उत्कृष्ट समाचार वाचन गर्ने तीन जना,सुरेश बिडारी, बिमला गुप्ता र आर्जु देवकोटाले जनही ५ र ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पाए।

कार्यक्रममा वीरगंजका तीन कलेजका छात्र छात्राले पनि समाचार बाचन प्रतियोगितामा भाग लिएका थिए । उनीहरुको प्रतिभालाई प्रष्फूटन गर्ने उद्धेश्यले उनीहरुलाई सहभागि गराइएको थियो ।

 

प्रतियोगितामा प्रथम द्वितिय र  तृतिय भएकाहरुलाई जनही १ हजार ५ सय रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, सखुवाप्रसौनी गाउँपालिका प्रमुख यसवन्त यादव  नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, सीडिओ भोला दाहाल, पर्सा प्रहरी प्रमुख सुदिपराज पाठक, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सचिव बिजय चौहान ,प्रेस सेन्टरका मधेश अध्यक्ष निरज पिठाकोटे समाजवादी प्रेस संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तुलसी भण्डारी, वीरगंज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल  लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता एफएमका कार्यकारिणी अध्यक्ष गोविन्द देवकोटाले गरेका थिए भने संचालन एफएमका कार्यकारी निर्देशक बिवनाथ यादवले गरेका थिए । प्रतियोगिताको निर्णायकमा पत्रकारहरु लक्ष्मण कार्की, प्रतिमा चौधरी र सन्तोष देउजा रहेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button