समाचार

जिल्ला सभापति अजय सर्राफको पहलमा वीरगञ्ज महानगरको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालयमा पर्सामा दर्ता 

वीरगञ्ज,१४ साउन । करिब दुई महिनादेखि वीरगञ्ज महानगरपालिकामा तयारी अवस्थामा रहेको जग्गा वर्गीकरणसम्बन्धी फाइल आज जिल्ला सभापति अजय सर्राफको विशेष पहल र समन्वयमा भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता गरिएको छ।

महानगरपालिकाले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी जग्गा वर्गीकरणसम्बन्धी कागजात तयार पारे पनि उक्त फाइल लामो समयदेखि महानगरमै रोकिएको थियो। जिल्ला सभापति अजय सर्राफले सम्बन्धित निकायहरूसँग समन्वय र पहल गरेपछि आज उक्त फाइल औपचारिक रूपमा भूमि प्रशासन कार्यालयमा दर्ता गरिएको हो।

फाइल दर्ता भएसँगै अब आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यसले जग्गा वर्गीकरण कार्यलाई गति दिने तथा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

स्थानीय सरोकारवालाहरूले लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेकामा सकारात्मक प्रतिक्रिया जनाएका छन्। अब सम्बन्धित निकायले बाँकी प्रक्रिया शीघ्र सम्पन्न गरी सेवाग्राहीको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

जिल्ला सभापति अजय सर्राफको पहलबाट रोकिएको प्रक्रिया अघि बढेपछि वीरगञ्ज महानगर क्षेत्रका जग्गाधनी तथा सेवाग्राहीमा थप आशा जागेको छ।IMG 20260730 WA0015

Related Articles

Back to top button