राष्ट्रिय

लेखा अधिकृत १ लाख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित एकजना लेखा अधिकृतलाई नियन्त्रणमा लिएको छ। अख्तियारले दैलेख डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको हो।

उक्त गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

कार्कीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button