समाचारसमाज

हिन्दु धर्मको रक्षाका लागि काम गर्ने नेता सन्तोष पटेललाई ज्यान मार्ने धम्की,

वीरगञ्ज । नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज ९सन्तोष पटेल० लाई ज्यान मार्ने धम्की आएको छ । वीरगञ्ज महानगरपालिका – ६ निवासी नदीम अन्सारी नामक युवकले सामाजिक सञ्जाल मार्फत एउटा भिडियो पोस्ट गर्दै पटेललाई ज्यान मार्ने धम्की दिएका हुन् ।

आफूलाई ज्यान मार्ने धम्की आएपछि पटेलले आइतबार पत्रकार सम्मेलन गर्दै अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनले आफ्नो पार्टीले प्रेस विज्ञप्ति नै जारी गरेर अन्सारीलाई पक्राउ गर्न पर्सा प्रहरी र जिल्ला प्रशासन कार्यालय पर्सासँग आग्रह गरेको पनि जानकारी दिए ।

पटेलले पत्रकार सम्मेलनमा अन्सारीले सामाजिक सञ्जालमा राखेको भिडियो पनि देखाएका थिए ।  भिडियोमा अन्सारीले हिन्दु धर्म र हिन्दुहरूका विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिँदै पटेललाई “मारेर भारतको रक्सौल रेल्वे ट्र्याकमा फालिदिने” धम्की दिएको स्पष्ट सुनिन्छ ।

अध्यक्ष पटेलले आफू लामो समयदेखि हिन्दुहरूको हकहित र अधिकारका लागि खुला रूपमा आवाज उठाउँदै आएकाले आफूलाई लक्षित गरी यस्तो धम्की आएको आरोप लगाए । उनले आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बन्ने तयारी गरिरहेको र सोही कारण आफूलाई धम्की दिएको दाबी समेत गरे ।

“म हिन्दुहरूको पक्षमा बोल्दै आएको व्यक्ति हुँ, त्यसैले ममाथि यस्तो जघन्य धम्की आएको छ,” उनले भने, “यो केवल मेरो व्यक्तिगत सुरक्षाको मात्र होइन, समग्र हिन्दु समुदायमाथिको धम्की हो ।”

धम्की दिने नदिन अन्सारीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग स्थानीय हिन्दु समुदाय र नेपाल जनता पार्टीका नेता–कार्यकर्ताहरूले गरेका छन् ।

घटनाले वीरगञ्ज क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने खतरा बढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको जनाएको छ ।

अन्सारीले सार्वजनिक गरेको भिडियोमा हिन्दु धर्म, हिन्दु समुदाय, देवीदेवता र प्रधानमन्त्री सुशीला कार्कीको विषयमा पनि आपत्तिजनक टिप्पणीहरू गरेका छन् । उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ  ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button