राष्ट्रिय

यूवाशक्तिको हाथमा सत्ता सुम्पिन तैयार छौ : प्रधानमंत्री कार्की

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौँ  ।  प्रधानमन्त्री सुशीला कार्कीले समयमै चुनाव गराई युवाशक्तिलाई सत्ता सुम्पिन तयार रहेको बताएकी छिन्।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौँमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।

उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार तयारीमा जुटेको पनि स्पष्ट पारिन्। उनले जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताइन्।

जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती माग पूरा सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन्।

कार्कीले भनिन्‚ ‘को जेनजी आन्दोलनसँगै घटेका घटनाबाट हामीले पाठ सिक्नुपरेको छ। मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना, रोजगारी, गास, बास, कपासको सुनिश्चितताको माग गरेको छ। ती माग पूरा गर्न सबैले कटिबद्ध भएर आ–आफ्नो ठाउँबाट लाग्न आवश्यक छ। फागुन २१ गते आमनिर्वाचन गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहयोगको अपेक्षा समेत गर्छु।’

 

उनले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताए। उनले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना दिइन्। साभार थाहा खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button