समाज

वीरगंजका हार्डवेयर व्यवसायी सरार्फसहित तीन जना ठगी आरोपमा पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

मकवानपुर । सूर्य नेपाल प्रा.लि.का कर्मचारीका रूपमा आफूलाई परिचय दिँदै विभिन्न व्यवसायीलाई लाखौँ रुपैयाँ बराबरको सामग्री ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगंज-२४, रानीघाट बस्दै आएका २८ वर्षीय ओमकृपा सरार्फ (राज सरार्फ), वीरगन्ज-१९ का ४० वर्षीय पल्म्बर मिस्त्री बिरेन्द्र उर्फ रामराउत कुर्मी र वीरगन्ज-३२, टेडाका ४० वर्षीय नितेश कुमार केशरी रहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा राज सरार्फको वीरगंजको लिंक रोडस्थित लक्ष्मी सनराइज भवनमुनिको हार्डवेयर पसलबाट हेटौंडाबाट स्क्याममार्फत ल्याइएका ब्याट्रीहरु बरामद गरिएको मकवानपुर क्राइम इन्भेस्टिगेसन युनिटका इन्चार्ज प्रहरी निरीक्षक राजुराउत कुर्मीले बताए। सिसीटीभी फुटेजको आधारमा प्रहरीले घटनामा राज सरार्फको प्रत्यक्ष संलग्नता पुष्टि भएको जनाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले हेटौंडाका विभिन्न व्यवसायीकहाँ अनलाइन अर्डर गरी भुक्तानीका लागि नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाउने गर्थे। सोही तरिकाले करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री वीरगंजतर्फ पठाउन लगाएको खुलासा भएको छ।

यी तीनै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद थपी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस्तै, घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button