स्थानीय

वीरगन्जमा एमालेको जनप्रदर्शन, बृहत र्याली सहित सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीको आयोजनामा आज वीरगञ्जमा र्यालीमा तथा जनप्रदर्शन कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । शनिवार पार्टीले जिल्लाको सदरमुकाम वीरगञ्जमा शक्ति प्रदर्शन गर्दै वर्तमान सरकारको गतिविधि र विदेशीसँगको निर्भरतालाई लिएर कडा आपत्ति जनाएको थियो ।

र्यालीमा सहभागीहरूको भीडले केही बेरसम्म मुख्य सडक क्षेत्रमा यातायात अवरुद्ध हुन पुगेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले वर्तमान सरकारले संविधानको मर्म र जनादेशविपरीत शासन गरिरहेको आरोप लगाएका छन । उनले भने “आजको सरकार संविधान र देशको स्वाधीनतासँग खेलबाड गदैं दुवैलाई कमजोर बनाउने काममा लागेको बताए । उनले यो सरकार विदेशी सरकार र बाह्य शक्तिको दबाबमा निर्णय गरिरहेको दावी गरेका थिए । उनले भने नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको अभिभाराको बोकेको पार्टी रहेको हुनाले राष्ट्रिय हितविपरीत जाने कुनै पनि सम्झौता वा निर्णयमाथि एमाले सदैव दृढ भएर उभिने धारणा राखे । उनले संसद पुनरस्थापना नभए देश खाडी तर्फ जादैं गरेको हुनाले देशलाई स्थिर बनाउन संसद पुनरस्थापना आवश्यक रहेको जिकिर गरे ।

नेकपा एमालेको पर्सा जिल्ला ईन्चार्ज समेत रहेको नेता हजराले असोज २३ र २४ गतेको जेनजी आन्दोलनलाई स्मरण गदैं उनले भने जेनजी पुस्ता परिवर्तनको सम्भावक हो र उनीहरुको मांग जायज हो, तर संसद पुनरस्थापना नभए सम्म सो मांग पुरा नहुने बताए । बिदेशी शक्ति र घुसपैठीयाहरुको कारणले गर्दा जेनजी आन्दोलनलाई प्रभावित बनाई देशमा बिधवंस गरिएको नेता हजराले ठोकुवा समेत गरेका थिए । ”हजराले पार्टी कार्यकर्तालाई आन्तरिक एकता र राजनीतिक जागरूकता बढाउन आग्रह गर्दै नेपालका भित्री विषयमा विदेशीको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

र्यालीमा सहभागीहरूले पार्टीका झण्डा सहित ’विदेशी सरकार मुर्दावाद’, ’अवैधानिक सरकार हटाऔ, संसद पुनरस्थापना गर, एनजियो सरकार मुर्दावाद, बिदेशी दलाली बन्द गर र एमाले जिन्दावाद’ जस्ता नारा घन्काएका थिए ।

नेकपा एमालेका पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज प्रभु हजराको प्रमुख अतिथ्यमा सम्पन्न जनप्रदर्शन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य निर्माला देवकोटा, सल्लाहाकार परिषद्ध सदस्य जालिम मिया, प्रदेश कमिटिका उपाध्यक्ष बिचारी यादव, सदस्यहरु, जिल्ला कमिटिका सचिव महेश दास,सदस्यहरु, स्थानीय नेता, कार्यकर्ता, युवाहरू, महिला समूहदेखि विभिन्न संगठनका प्रतिनिधिसमेतको सक्रिय सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button