समाचारस्थानीय

स्व.पत्रकार नरेश सर्राफ तेस्रो स्मृति सभा गर्ने समाजवादी प्रेस संगठन पर्साको निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,कात्तिक २९ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले दिवंगत पत्रकार स्व. नरेश सर्राफको सम्झनामा मंसिर १५ गते तेस्रो स्मृति सभा आयोजना गर्ने निर्णय गरेको छ ।शुक्रबार वीरगन्जमा बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो ।

संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले मंसिर १५ कै स्मृति सभामा दोस्रो स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गर्ने निर्णय गरेको । पुरस्कारका लागि योग्य पत्रकारको नाम चयन गर्न अध्यक्ष सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठनपनि गरिएको छ। समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह रहेका छन्।

बैठकले झुट्टो मुद्दामा फसाइएका संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मा अदालतबाट निर्दाेष प्रमाणित भएकोमा बधाई ज्ञापन गरेको छ।बैठकमा सहभागीहरूले शर्मालाई खादा र अविरको टीका लगाएर शुभकामना व्यक्त गरेका थिए।

बैठकमा नेकपा नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल लगायतकाको उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button