राष्ट्रिय
बालेन शाहविरुद्ध जाहेरी दिन युवा संघ साइबर ब्यूरोमा

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध एमाले निकट युवा संघले साइबर ब्यूरोमा जाहेरी दिएको छ।
संघका प्रतिनिधिहरू आज ब्यूरो पुगेर बालेनविरुद्ध जाहेरी दिएका हुन्। जाहेरीमा बालेनले लेखेको स्टाटसले राजनीतिक दलको मानमर्दन भएको उल्लेख छ।
यही कात्तिक १६ गते राति बालेनले आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए तर लेखेको केही समयमै उनले हटाएका थिए।



