स्थानीय

छठअघि वीरगन्जमा प्रदूषणविरुद्ध आक्रोश , उद्योगका अधिकारी तिवारीलाई कालो मोसो

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । छठ पर्व नजिकिँदै गर्दा प्रदूषण नियन्त्रणको माग गर्दै वीरगन्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का अधिकारीहरूमाथि स्थानीयले कालो मोसो दलेका छन्।

आक्रोशित स्थानीयवासीको समूहले शुक्रबार कम्पनी परिसरमै प्रवेश गरी कम्पनीको प्रशासन शाखाका काशीनाथ तिवारीलाई दुर्व्यवहार गर्दै कालोमासो दलेका हुन । कालो मोसो दलिएको कारण आफ्नो आँखामा समस्या आएको उनले बताएका छन ।

स्थानीयका अनुसार, उक्त कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’को रासायनिक फोहोर बिना प्रशोधन सिधै नजिकैको नदीमा बिर्सजन गर्ने गरिएको छ । यसले गर्दा नदी प्रदूषित हुँदै स्वास्थ्यमा गम्भीर असर पुगेको उनीहरूको आरोप छ।

विशेषतः, छठ पर्वको तयारी सुरु भइसकेको बेला नदीको पानी फोहोर हुँदा व्रतालुहरूलाई स्नान र पूजाआजामा कठिनाइ पर्ने भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन्।

विगत एक सातादेखि स्थानीयले उद्योगबाट हुने प्रदूषण रोक्न वा उद्योग नै बन्द गर्न माग गर्दै आएका थिए। तर माग बेवास्ता भएपछि शुक्रबार करिब ३०–४० जनाको समूह कम्पनीभित्र प्रवेश गरी हो–हल्ला र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button