स्थानीय
ग्रामीण भेगमा शक्तिपिठ दुर्गाभवानीको पूजा आराधना शुरू

शैलेश गुप्ता
पोखरिया , असोज ६ । पर्सा को ग्रामीण भेगमा रहेको शक्ति पिठ तथा माता दुर्गा भवानीको मन्दिरहरुमा जमरा राखी, दियो बाली देवी दुर्गा भवानीको पुजा पाठ सहित घटस्थापना मनाएको छ ।
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ सतवरिया स्थित रहेको लक्षवारमाई दुर्गा मन्दिर , पोखरिया बजार , बनकटवा सातोमाई देवी स्थान ,सेमरबारी , लमरिया ,फुलवरिया ,श्रीसिया ,रानीगन्ज रहरीया ,जगतपुर मन्नपुर, बैरिया विर्ता ,धोविनी गाउपालीका स्थित रहेको लन्गडी बजार छिपहरमाई गाउपालीका वडा नम्बर ४ मा रहेको छिपहरमाई दुर्गा मन्दिर , जगरनाथपुर गाउपालीकाको विभिन्न स्थान, पकहामैनपुर गाउपालीकाको विभिन्न स्थानमा जमरा राखी विजया दशमीको दिन सम्म पुजापाठ गरिनेछ ।



