राष्ट्रिय
जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न कार्कीको नेतृत्वमा न्यायिक आयोग गठन

बीरगञ्ज। सरकारले जेन–जी आन्दोलनका क्रममा भएको दमन र विध्वंशबारे छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विशेष अदालतका पूर्वअध्यक्ष तथा उच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।
मन्त्रिपरिषद्ले यसअघि नै आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको थियो, सोही आधारमा औपचारिक रूपमा आयोग गठन गरिएको हो। गृहमन्त्री अर्यालका अनुसार आयोगको कार्यावधि तीन महिनाको रहनेछ।



