स्थानीय

वीरगन्जमा गाेली प्रहार, महिला घाइते,गाेली हान्ने भारतीय हतियारसहित पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज ।
वीरगन्जमा साेमबार दिउँसो गाेली चलेकाे छ।वीरगन्ज-१६ रजतजयन्ति चाेकमा साेमबार दिउँसो ४ बजे गाेली चलेकाे हाे।

रजतजयन्ति चाेकमा रहेकाे खाजा खाने हाेटलमा ग्राहक बनेर आएका भारतकाे झारखण्ड भएका अन्दाजी ३० वर्षिय प्रदीप शर्माले त्यहि हाेटलमा रहेकी भारतकै बिहार राज्यकाे बेतियाकी २८ वर्षीया निशाकुमारी सहनीलाई गाेली हानेका हुन्।बायाँ गालामा गाेली लागेर गम्भीर घाइते उनकाे नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले जानकारी दिए।

निशालाई गाेली हानेर भाग्दै गरेका शर्मालाई वीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएकाे सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिए।शर्मालाई कटुवा पेस्तलसहित पक्राउ गरिएको उनले बताए ।

शर्माले निशालाई किन र के कारणले गाेली हानेकाे विषयमा अनुसन्धान भइरहेकाे प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button