काठमाडौं, भदौ २३ । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको मुचुल्का उठाउन प्रहरी वृत जनसेवाबाट टोली पुगेको छ । उपचारको क्रममा केएमसी अस्पतालमा पनि एक जनाको मृत्यू भएको छ । साभार जनता टाइम्स
