मधेस प्रदेशस्थानीय

धोबिनी गाँउपालिकामा नयाँ प्रमुख प्रशासकिय प्रमुख अधिकृत खतिवडा कार्यभार सम्भाले

Ad 1
Ad 2
Ad 3
Ad 4

राजन कुमार बानिया
पर्सा २३ भदौ
पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडा हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव सहित, वडा अध्यक्ष दबेन्द्र प्रसाद कुर्मी, शिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, योजना प्रमुख पपु पटेल, जिन्शि प्रमुख प्रदीप पटेल,इन्जिनियर रबिभुशन पटेल, तजेन्द्र माली, प्रदीप गुप्ता, रबिन्द्र शर्मा, बृजकिशोर पटेल,गणेश शाहि, रामलोचन साह,लगाएतले अधिकृत खतिवडालाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए । आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्र गरे ।

तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग रशिक्षा प्रमुख बृजकिशोर त्रिपाठी, समन्वयको जरुरी रहेको बताए । परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button