भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

14

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

घण्टाघरमामा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले बिरोध स्वरुप कालो पोशाक लगाएका छन ।

उनीहरूले भ्रष्टाचार बिरुद्धको प्लेकार्डमार्फत विरोध जनाएका छन् । कतिपय नेताहरुको बिरुद्ध समेत प्लेकार्डमा उत्तेजक भनाई समेत उल्लेख गरेका छन ।

प्रदर्शनीकारीहरुले नेता चोर देश छोड जस्ता नारा लगाएका छन । उनीहरु सामाजिक संजाल फेसबुक लगायतमाथिको नियन्त्रणको बिरोध गरेका छन ।

Leave a comment