मधेस प्रदेश

१ सय ३८ किलो गाँजासहित सिम्रौनगढबाट एक महिला पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा,१८ भदौं ।
बाराको सिम्रौनगढबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ नयका टोलकी ३५ वर्षीया रिता देवी यादव रहेकी छन् ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको प्रहरी टोलीले यादवको घरमा खानलासी गर्द घरभित्र लुकाईछिपाई राखेको अवस्थामा १ क्युन्टल ३८ किलो ७०० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

यादवको घरभित्र प्रहरीले खानतलासी गर्ने क्रममा खाट मुनि राखेको बोराभित्र प्लाष्टिकमा पोका पारेर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।साभारः ई–शीलालेख

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button