मधेस प्रदेशराजनीति

संघीय सरकारद्धारा ल्याइएको भूमि अध्यादेशविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगञ्ज। जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले बीरगंजमा संघीय सरकारद्वारा ल्याइएको भूमि अध्यादेशको विरोधमा आज प्रदर्शन गरेको छ। जनता समाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको गेट अगाडि बाट विरोध र्‍याली शुरु भइ नगरको विभिन्न भाग परिक्रमण गदै घन्टाघरमा पुगि कोणसभामा परिणत भएको हो । जसपाले भूमि अधिकारमाथि हस्तक्षेप भएको भन्दै सो अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ।

र्‍यालीमा सहभागीहरुले “भूमि अधिकार माथि हस्तक्षेप बन्द गर”, “जनताको अधिकार खोस्न पाइँदैन”, “संविधानविपरीतको अध्यादेश खारेज गर” लगायतका नाराहरू लगाएका थिए। र्यालीमा स्थानीय कार्यकर्ताहरू, अगुवा नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागी रहेको थियो।
घन्टाघरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्य शशि कपुर मियाले भुमि आध्यादेश मार्फत आफुहरुलाई फाइदा हुने ल्याउन खोजेको आरोप लगाए।जिल्ला अध्यक्ष रामनरेश यादवले भने, “संघीय सरकारले ल्याएको भूमि अध्यादेश पूर्ण रूपमा जनविरोधी भएको बताउदै यसले गरिब, सीमान्तकृत र भूमिहीन वर्गको अधिकारमाथि प्रहार गरेको छ।” उनले अध्यादेश फिर्ता नभएमा आन्दोलनलाई देशभर विस्तार गर्ने चेतावनी पनि दिए।

वक्ताहरूले संविधानले दिएको भूमि अधिकारको संरक्षण गर्नुपर्ने र जबरजस्ती लिइएको कुनै पनि निर्णयलाई स्वीकार गर्न नसकिने बताएका थिए।जसपाले आगामी दिनहरूमा भूमि अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि र थप दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिएका छन।विरोध कार्यक्रममा केन्द्रीय सदस्य फिरोज मन्सुर लगायतका कार्याकर्ता र नेताहरूको उपस्थिती रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button