मधेस प्रदेश

बाराका ६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर

Ad 1
Ad 2
Ad 3
Ad 4

कलैया । बाराका ६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ ।

मन्त्रालयले महागढिमाई नगरपालिका, पचरौता नगरपालिका, सिम्रौनगढ नगरपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका र प्रसौनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

मन्त्रालयले महागढीमाई नगरपालिकामा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका उप–सचिव भेषराज रिजाल,पचरौता नगरपालिकामा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतका उप–सचिव कृष्ण प्रसाद गौतम र सिम्रौनगढ नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका उप–सचिव राधा देवकोटालाई खटाएको छ ।

त्यस्तै प्रसौनी गाउँपालिकामा गृह मन्त्रालय अन्तर्गतका शाखा अधिकृत जयचन्द्र साह, करैयामाई गाउँपालिकामा मिथिला बिहारी नगरपालिका (धनुषा) का प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव र बारागढी गाउँपालिकामा देवाही गोनाही नगरपालिका (रौतहट) का प्रमुख प्रशासकीय अधिकृत धनञ्जय प्रसाद दासको सरुवा भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button