मधेस प्रदेशसमाचारस्थानीय
बाराको सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु, सिँचाइ मोटर जोखिमपूर्ण

बारा । बाराको सिम्रौनगढमा करेन्ट लागेर हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट प्रवाह भएको पाइएको छ।
आज बिहान सिम्रौनगढ–७, टोल झवानीकी कैलसिया देवीरामको खेतमा काम गर्दागर्दै करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार, खेतमा जडान गरिएको मोटरको तार चुँडिएर करेन्ट लिक हुँदा उनी करेन्टको सम्पर्कमा आएकी थिइन् ।
त्यस्तै, हिजो सिम्रौनगढ–२, अमृतगन्जका रामेश्वर महतो कुशवाहाको पनि करेन्ट लागेर मृत्यु भएको थियो । उनी आफ्नै बारीमा जडान गरिएको विद्युतीय मोटरमा पानी हाल्न जाँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.gate.com/share/XwNAUwgM