मधेस प्रदेशसमाचार

मध्य नेपाल सन्देश साप्तहिक पत्रिकाको दशौ वार्षिकोत्सव समारोह सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज ।नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूलाई हतारको पत्रकारिताभन्दा सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेकी छिन ।

वीरगंजबाट प्रकाशीत हुदै आएको मध्य नेपाल सन्देश साप्तहिक पत्रिकाको दशौ वार्षिकोत्सव समारोहलाई समबोध गर्दै अध्यक्ष शर्माले डिजिटल पत्रकारिताको यस युगमा हतारमा प्रकाशित हुने समाचारले समाजमा भ्रम फैलाएको र पत्रकारिताको विश्वसनीयतामा प्रश्न उठाएको बताइन्।

अध्यक्ष शर्माले पत्रकारहरु पेशागत र भौतीक असुरक्षाको अवस्थाबाट गुज्रीरहनु परेको अवस्थाको बारेमा चर्चा गर्दै राज्यले झनै प्रेस बिरोधी कानून ल्याउने प्रयास गरिरहेको प्रति सबैलाई सचेत रहन अपिल गरिन । उनले नेपाल पत्रकार महासंघ आन्दोलनको मैदानमा रहेको जनाउदै सरकारलाई प्रेस मैत्री कानून ल्याउन अपिल गरिन ।

वीरगन्जबाट प्रकाशित हुँदै आएको मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो १०औं वार्षिकोत्सव अवसरमा पत्रकारिताको माध्यमबाट मधेश प्रदेशमा महत्वपूर्ण योगदान पुर्‍याउने तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ। उनीहरुलाई महासंघ अध्यक्ष शर्माले पुरसकार प्रदान गरेकी हुन ।
यस वर्षको ‘उत्कृष्ट महिला पत्रकारिता पुरस्कार’ जनकपुरकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिककी मधेश ब्युरो प्रमुख झालाई १५ हजार रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको हो।

त्यसैगरी, पत्रिकाले आफ्ना दुई जना नियमित स्तम्भकारहरूलाई पनि पुरस्कृत गरेको छ। ‘खोजी जवाफदेहिताको’स्तम्भका स्तम्भकार शिवनाथ प्रसाद यादव र सामाजिक मुद्दामा कलम चलाउँदै आएकी गीता भण्डारीलाई जनही ११ हजार १ सय रुपैयाँको नगद पुरस्कारले सम्मान गरिएको छ। यादव र भण्डारी दुवै विगत १० वर्षदेखि मध्य नेपाल सन्देशमा निरन्तर लेख्दै आएका छन्।

वार्षिकोत्सव समारोहमा महासंघका केन्द्रिय लेखा संयोजक के.सी. लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, सामाजिक अभियन्ता, सञ्चारमाध्यमका विभिन्न प्रतिनिधि र नागरिक समाजका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको अध्यक्षतामा भएका कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष पत्रकार लक्ष्मी खरेल र स्वागत मन्तब्य गीता भण्डारीले गरेकी थिइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button