मधेस प्रदेशसमाचारसमाजस्वास्थ्य

पोखरियास्थित पोखरेश्वर महादेव मन्दिरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,२५ असार । शैलेश गुप्ता ।
श्रावण महिनामा प्रत्येक सोमवार जल अर्पण गर्ने भक्तजनहरूको उल्लेख्य भीड रहने पोखरिया नगरपालिका वडा नं ४ स्थित सुप्रसिद्ध पोखरेश्वर महादेवको मन्दिर परिसरमा आज बिहान बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरिया बजरंग समितिको आयोजनामा सम्पन्न यस कार्यक्रमले मन्दिर परिसरको स्वच्छता र भक्तजनहरूको सुविधा सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रम बुधवार बिहान ७ बजेबाट सुरु भई झण्डै तीन घण्टा जारी रह्यो।

सरसफाइ कार्यक्रममा नगर प्रमुख, पुर्व नगर प्रमुख, साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रीय युवा संघका जिल्ला सचिवालय सदस्य सुजीत गिरी, युवा नेता कौशल किशोर साह, पोखरिया बजरंग युवा समाज अध्यक्ष पवन गुप्ता, वरिष्ठ सल्लाहकार अमेरिका रौनियार, नगर प्रहरी, सशस्त्र प्रहरी बल पोखरिया क्याम्प, र इलाका प्रहरी कार्यालय पोखरियाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय श्रद्धालु, सामाजिक अभियन्ता, युवा स्वयंसेवक तथा नागरिक अगुवाहरू समेत उत्साहपूर्वक सहभागी भएका थिए।

सहभागीहरूले मन्दिर परिसर, बाटोघाटो, पानीको मुहान तथा वरपरको वातावरणलाई सफा गर्ने कार्यमा सक्रिय भूमिका खेले। नगर प्रमुखले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “साफसुथरो वातावरणमा मात्र धार्मिक आस्था टिक्न सक्छ। यो अभियान धार्मिक, सामाजिक र सांस्कृतिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो।” उनले पोखरेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरसफाइ र व्यवस्थापनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। पोखरिया बजरंग समितिका पदाधिकारीहरूले पनि श्रावण महिनाभर यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।कार्यक्रमले स्थानीय स्तरमा धार्मिक जागरूकता, सामाजिक एकता र सरसफाइप्रतिको संवेदनशीलता बढाउने काम गरेको सहभागीहरूले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button